२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा हुने एक्ज़िम बजार प्रदर्शनीमा हस्तकला महासङ्घले सहभागी जनाउने



काठमाडौँ ।  असोज १८ देखि २१ गते सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको नबौं संस्करणको एक्ज़िम बजार २०२२ प्रदर्शनीमा नेपाल हस्तकला महासङ्घले सहभागिता जनाउने भएको छ ।

परम्परागत, समकालीन हस्त शिल्पकला, हस्तकला लगायत विभिन्न कला उत्पादनमा संलग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीहरूमा प्रदर्शनी एवं बिक्री कार्यक्रमको माध्यमबाट बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले सो प्रदर्शनी भारतको विभिन्न शहरहरूमा आयोजना हुँदै आई रहेको छ ।

यस पटक भारतको एक्ज़िम बैंकको आयोजनामा, नेशनल क्राफ्ट म्युजियम र  हस्तकला  एकेडेमी नयाँ  दिल्लीमा  हुन लागेको सो प्रदर्शनीमा नेपाल हस्तकला महासङ्घद्वारा मैन मूर्ति कलाकार  मनोज शाक्य, फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार, बज्र बहादुर शिल्पकार, रेशा जन्य बस्तु विधाका कलाकार तथा उद्यमी रमेश श्रेष्ठ र धातुमूर्ति कलाकार उदिप शाक्य गरी जम्मा ५ जना महासङ्घका सदस्यहरूले प्रतिनिधित्व गर्ने छन् ।

हस्तकला विधामा संलग्न उद्यमी, कलाकार, कालिगढहरूको सीप, दक्षता तथा कार्यकुशलता अभिवृद्धिका साथै एक अर्काको सीप, प्रविधि अनुभव आदान प्रदन गरी व्यवसाय प्रवर्द्धनका लागि महासङ्घबाट समय सापेक्ष पहल एवं आवश्यक क्रियाकलाप सञ्चालन हुँदै आएको छ । यस प्रदर्शनीको माध्यमबाट सहभागी कलाकारहरूमा भारतको बजारमा आफ्ना कलाकृति, उत्पादनहरूको प्रदर्शनी गरी व्यवसाय प्रवर्द्धन गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०७९, १६ भाद्र बिहीबार ००:००  १ : ३८ बजे