२०८१, २७ बैशाख बिहीबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामिछानेविरुद्ध बलात्कार आरोप : अनुसन्धान शुरु



काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ । आज बुधबार विज्ञप्ति निकालेर काठमाण्डौ प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नाबालिकाले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएको जानकारी दिएको हो । हिजो प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको प्रहरीले जानकारी दिएको छ ।

जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको विज्ञप्तिमा उल्लेख छ । पीडितले दिएको जाहेरीमा गएको भदौ ५ मा काठमाण्डौ र भक्तपुरको विभिन्न ठाउँमा घुमाउन लगेर राति काठमाण्डौको एक होटलमा पटकपटक बलात्कार गरेको उल्लेख छ । विभिन्न विधि र प्रविधिमार्फत जिल्ला प्रहरी परिसर, काठमाण्डौ र प्रहरी वृत्त गौशालाको संयुक्त टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।

प्रकाशित मिति : २०७९, २२ भाद्र बुधबार ००:००  २ : २७ बजे