२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यार्थीको घरमै पुस्तक पुर्‍याईने



अनलाइन सरोकार

ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले विद्यार्थीहरुलाई घरमै पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ । लकडाउनले विद्यालय बन्द भएको बेलामा विद्याथीहरुलाई घरमै बसेर अध्ययन गर्ने व्यवस्था मिलाउन नगरपालिकाले घरघरमै पाठ्यपुस्तक उपलब्ध गराउने भएको हो ।

नगरपालिका भित्रका सामुदायिक विद्यालयले सामाजिक सञ्जाल मार्फत गत शैक्षिक सत्रको नतिजा सार्वजनिक गरिसकेका छन् । विद्यालयको नतिजाका आधारमा परीक्षामा उत्तिर्ण भएका विद्याथीहरुका लागि माथिल्लो कक्षाका पाठ्यपुस्तक उपलब्ध गराउने तयारी गरिएको नगरपालिकाका सूचना अधिकारी नईन्द्रराज राईले जानकारी दिए । विशेष सर्तकता अपनाएर विद्याथीहरुका लागि घरमै पाठ्यपुस्तक उपलब्ध गराउने नगरपालिकाको संयन्त्र जुटेको उनको भनाई छ ।

दिनानुदिन संक्रमण बढ्दै गरेकोले लकडाउन कहिले खुल्ने भन्ने निश्चित नभएपछि विद्यार्थीको सिकाईलाई निरन्तरता दिन घरैमा पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको सिद्धिचरण नगरपालिका ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ७ जेठ बुधबार ००:००  २ : १६ बजे