२०८२, २ चैत्र सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजी क्षेत्रमा २० प्रतिशत कर्जा विस्तार गर्ने राष्ट्र बैंकको लक्ष्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रमा २० प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७७–०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै यो वर्ष प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादनलाई मौद्रिक प्रक्षेपणको आधारको रुपमा लिँदै विस्तृत मुद्रा प्रदायकको विस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार २० प्रतिशतमा सीमित गर्ने प्रक्षेपण गरेका छन् ।

यस्तै चाल् आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति औसत ७ प्रतिशतभित्र सीमित हुनेगरी मौद्रिक व्यवस्थापन गरिने उनले बताए । यस्तै आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिँदैे आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय क्षेत्रमा तरलता व्यवस्थापन गर्ने उनले बताए ।

चालु आर्थिक वर्षको अन्त्यमा कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुनेगरी बाह्य क्षेत्र व्यवस्थापन उनले बताए ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार ००:००  ११ : २४ बजे