२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वभर एकैदिन भेटिए दुई लाख ६० हजार कोरोना संक्रमित



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस ९कोभिड(१९० का दुई लाख ६० हजार नयाँ संक्रमित फेला परेका छन् । कोरोना भाइरसको महामारी सुरु भएपछि एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका हुन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिका ब्राजिल, भारत र दक्षिण अफ्रिकामा भेटिएका छन् । शनिबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ७१ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ब्राजिलमा ४५ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । त्यस्तै भारतमा ३४ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको कारण सात हजार ३६० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकैदिन मृत्यु हुनेको यो संख्या गत मे १० यताकै सबैभन्दा धेरै हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण एक करोड ४२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने यसबाट मृत्यु हुनेको संख्या पनि ६ लाख एक हजार २१३ पुगेको छ । -बीबीसी

प्रकाशित मिति : २०७७, ४ श्रावण आइतबार ००:००  ७ : ०० बजे