२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक हजारको नयाँ नोट चलनचल्तीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसअघिको नोटमा एउटा मात्र हात्तीको तस्बिर थियो । हात्तीबाहेक नोटमा अरु केही पनि फरक नहुने पनि बैंकले जानकारी दिएको छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ ।

नयाँ नोटमा राष्ट्र बैंकका पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार ००:००  ९ : ०० बजे