२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजी विद्यालयहरुले फेरि अनलाइन कक्षा सुरु गर्ने



काठमाडौँ । निजी विद्यालयहरुले फेरि अनलाइन कक्षा सुरु गर्ने भएका छन् । सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि बन्द गरेको कक्षा पुनः बिहीबारबाट सुचारु गर्ने भएका हुन् । सरकारले मंगलबार रातिदेखि लक डाउन अन्त्यको घोषणा गरेपछि बुधबार बसेको प्याब्सन र एनप्याब्सनको संयुक्त बैठकले अभिभावक संघसँग छलफल गरेर अनलाइन कक्षालाई निरन्तता दिने निष्कर्षमा पुगेका हुन् ।

शिक्षा तथा प्रविधिमनत्री गिरीराजमणि पोखरेलसँग प्याब्सन र एनप्याब्सनका पदाधिकारीले बुधबार छलफल गरेका थिए । मन्त्रीले उठाएका माग सम्बोधन गर्दै जाने आश्वासन दिएपछि आफूहरु अनलाइन कक्षा चलाउने निर्णयमा पुगेको प्याब्सनका उपाध्यक्ष कुमार घिमिरेले बताए । अनलाइन कक्षाको शुल्क निर्धारणबारे कार्यदल बनाएको र त्यसैको सुझावका आधारमा शुल्क तोकिने घिमिरेको भनाई छ ।

प्याब्सन र एनप्याब्सनले शिक्षकलाई बेतलबी बिदामा राख्ने निर्णय पनि फिर्ता लिएको छ । यसअघि पनि निजी स्कुलले अनलाइन, रेडियो र टेलिभिजनबाट पठनपाठन गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार ००:००  २ : ३० बजे