२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् पवित्रामाथि एसिड आक्रमण गर्ने दुई युवा



काठमाडौं । ओखलढुंगा घर भइ काठमाडौंको सीतापाइलामा बस्दै आएकी २२ वर्षीय युवती पवित्रा कार्कीमाथि एसिड आक्रमण गरेको अभियोगमा पक्राउ परेका दुई जना युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरी बिहीबार राति पक्राउ परेका रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको थियो । युवतीको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

के हो घटनाको कारण ?

अनुसन्धानबाट कार्कीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि मोहम्मदले उनलाई एसिड हान्ने योजना बनाएको खुलेको छ । आलमले युवतीलाई प्रेम प्रस्ताव पनि राखेका थिए । युवतीले उक्त प्रस्ताव अस्विकार गरेपछि एसिड आक्रमणको योजना बनेको हो । उनले आफूले एसिड प्रहार गर्दा चिन्ने हुनाले कामदार मुन्नालाई प्रयोग गरेर ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको प्रहरीमा बयान दिएका छन् ।

पीडित युवती र आलमको करिव तीन वर्षअघि नै चिनजान भएको थियो । ती युवतीले केही महिना आलमको कारखानामा काम गरेको खुलेको छ । आलम विवाहित हुन् ।

सम्बन्धित समाचार

प्रकाशित मिति : २०७७, ९ श्रावण शुक्रबार ००:००  ९ : ५९ बजे