२०८१, ३ फाल्गुन शनिबार | Sat Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिड स्कुलको अवधारणामा जैमिनीः वडामा एउटमात्रै विद्यालय हुने, उत्पादनसँग जोडिने



बागलुङको जैमिनी नगरपालिकाले लिड स्कुलको अवधारणा ल्याएको छ । सामुदायिक विद्यालयको शिक्षामा नयाँ आयाम सिर्जना गर्नेगरी जैमिनीले देशमै नयाँ सन्देश दिनेगरी लिड स्कुलको अवधारणा ल्याएको हो ।

एउटा वडामा व्यवस्थित एउटा मात्रै विद्यालय सञ्चालन गर्ने, विद्यालयलाई उत्पादनसँग जोड्ने, विद्यार्थीलाई पढाइसँगै सीपमुलक कार्यमा अभ्यस्त बनाउने, उद्यमी अभिभावक छनोट गर्ने, प्रत्येक विद्यालयका २ जना सफल उद्यमीलाई पुरस्कृत गर्ने, उद्यमशिलता विकास गर्ने, शिक्षक, अभिभावक र विद्यार्थीलाई विद्यालयमा आवासीय सुविधा दिने र विद्यालय मार्फत कृषि उत्पादनमा लगाइने नगरप्रमुख नरबहादुर पुनले बताए । लिड विद्यालयको अवधारणा पुराहुन केही समय लागेपनि विदेशीने युवालाई देशमै स्वरोजगार बनाउन र बालबालिकाको शिक्षाका लागि अभिभावक गाउँछाडेर शहर पस्ने बाध्यकारी अवस्था सुधार हुने नगरप्रमुख पुनको भनाई छ । उनका अनुसार वडा नम्बर ५ मा लिड विद्यालय छनोट गरेर काम सुरु गरिएको छ ।

जैमिनीले चालु आवमा एक विद्यालय एक उत्पादन, प्राविधिक शिक्षाको विस्तार र विकास, आवाशिय लिडस्कुल सञ्चालन, पाहुना शिक्षक परिचालनसहितका महत्वकांक्षी योजनामा बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आइतबार ००:००  ११ : ०४ बजे