२०८१, १९ पुस शुक्रबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाल‍े पाकिस्तानमा एक हजार बढीकाे मृत्यु



अनलाइन सरोकार

काठमाडौं – पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ । साथै अहिलेसम्म कोरोना भाइरसबाट एक हजार १७ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म पाकिस्तानमा १४ हजार एक सय ५५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । पाकिस्ततानको बोलोचिस्तान कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देखिएको छ ।

पाकिस्तानमा मार्च १८ मा कोरोना भाइरसका पहिलो संक्रमित फेला परेका थिए । त्यसको केही समयपछि पाकिस्तानले भाइरस नियन्त्रणका लागि मुलुकभर लकडाउनको घोषणा गरेको थियो ।

यो महिनाको सुरुमा पाकिस्तानले आर्थिक समस्यालगायतका कारण देखाउँदै लकडाउन खुकुलो पार्दै जाने निर्णय गरेको थियो । अहिले पाकिस्तानमा केही पस, उत्पादन क्षेत्र र व्यवसायहरु खुले पनि विद्यालयहरु भने जुलाई १५ सम्म बन्द रहनेछन् । –सीएनएन

प्रकाशित मिति : २०७७, ८ जेठ बिहीबार ००:००  ६ : ५३ बजे