२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोल्टी अस्पतालमै नाक, कान, घाँटी, आँखा र दाँतको निःशुल्क शल्यक्रिया हुने



बाजुराको कोल्टी अस्पतालमा नाक, कान,घाँटी,आँखा र दाँत सम्बन्धि रोगको शल्यक्रिया हुने भएको छ । बुढीनन्दा नगरपालिकाका मेयर जनक कुमार बोहराको पहलमा कोल्टी अस्पतालमा शिविर राखेर शल्यक्रियासहितको विशेषज्ञ सेवाको सुनिश्चितता गरिएको हो ।

आज एक एक पाईला नेपाल र बुढीनन्दा नगरपालिका बीच यसैवर्ष देखि निःशुल्क शिविर सञ्चालन गरेर ५ वर्ष सम्म प्रत्येक वर्ष नाक, कान, घाँटी, आँखा र दाँत सम्बन्धि रोगको शल्यक्रिया कोल्टी अस्पतालमै गर्नेगरी द्धिपक्षिय सम्झौता गरिएको छ ।

बुढीनन्दा नगरपालिकाका मेयर जनक कुमार बोहरा र एक एक पाईलाका अध्यक्ष डा. सुमन समशेर थापाले दोहोरो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यसरी सञ्चालन हुने शिविरसहितको सेवाबाट विपन्न नागरिक हलिया, खलिया, दलित जनजाती र मुस्लिमलगायतका सबै नागरिकले लाभ लिने बुढीनन्दाका मेयर बोहराले बताए । कोल्टीमा १६ भन्दा बढी विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिवीर संचालन गरि ४५ सय भन्दा बढी विरामीको निःशुल्क उपचार गरेलगत्तै यो सम्झौंता गरिएको र आगामी दिनमा यसक्षेत्रका नागरिकले थप प्रभावकारी स्वास्थ्य सेवा पाउने मेयर बोहराको भनाई छ ।

एक एक पाईलाका अध्यक्ष डा. सुमन समशेर थापा र व्यवस्थापक अशोक पाण्डे, नगरपालिकाका मेयर बोहरासहितका नगरका जनप्रतिनिधि सरोकारवालाले दोहोरो सम्झौता पछि यस क्षेत्रका नागरिकको उपचार अभावमा रोग पालेर बस्नुपर्ने बाध्यता हटेको बताएका छन् ।

साविकको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरि हालको कोल्टी अस्पताल बनाइएको छ । उक्त अस्पतालबाट कर्णाली प्रदेश–मुगु, हुम्ला र कालिकोटसहित बाजुराको स्थानीय नागरिकले सेवा लिँदै आएका छन् । विगतमा आधारभूत स्वास्थ्य उपचारका लागि पनि नेपालगञ्ज, धनगढी, सुर्खेत र राजधानी काठमाडौंसम्म जानुपर्ने स्थानीय अहिले कोल्टी अस्पतालमै आधारभूत सेवा पाउन थालेपछि दंग परेका छन् ।

प्रकाशित मिति : २०८०, ९ पुस सोमबार ००:००  १० : ०९ बजे