२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस युनिभर्स नेपाल २०२४ को कारियग्राफ गर्दै दिक्पाल



दिक्पाल कार्कीले मिस युनिभर्स नेपाल २०२४ को कारियग्राफ गर्ने भएका छन् । लामो समयदेखि मोडलिङ क्षेत्रमा सकृय रहदै आएका कार्कीले मिस्टर नेपाल, मिस्टर एण्ड मिस सुप्रानेशनल नेपाल, मिस्टर ग्लोबल म्यानमार, मिस्टर मोडल अफ द वर्ल्ड नेपाल लागायत २०० प्लस प्रतियोगिताको कोरियोग्राफी गरि सकेका छन ।कार्की कैयन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोहरुमा सहभागी भइसकेका छन् ।

कार्की मिस्टर मोडल अफ द वर्ल्ड २०१८ का विजेता पनि हुन् । त्यसको साथै दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका थिए । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले नै हातपारेका थिए । यसैगरी कार्कीले विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् ।

सौन्दर्य प्रतियोगिता ‘मिस यूनिभर्स नेपाल’को लागि आवेदन खुलेको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यस प्रतियोगिताको लागि आवेदन खुलेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जनाएको हो।


पत्रकार सम्मेलनमा बोल्दै कार्कीले भन्नुभयो ‘मिस यूनिभर्स नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं।यो वर्षको कार्यक्रम राष्ट्रिय र अन्तर्राष्ट्रिय मिश्रण हुनेछ । म मेरो सम्पुर्ण ज्ञान र अनुभव उपयोग गरेर कार्यक्रमलाई राम्रो बनाउने प्रयास गर्नेछु।

प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गतेसम्म खुल्ला रहनेछ। इच्छुक महिलाहरूले खल्ती एप अथवा मिस यूनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाइन फारम भरेर आवेदन पेश गर्न सक्छन्। आवेदन खुला हुने अवधिभर सातै प्रदेशमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको हो।
उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन्। उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराहरूको प्रतिबन्ध नभएको मिस यूनिभर्समा नेपालीको साथै गैर आवासीय नेपाली महिलाहरूले पनि सहभागिता जनाउन पाउने बताइएको छ।

सहभागीहरूले अन्तिम प्रतियोगिताअघि विभिन्न प्रशिक्षणहरू प्राप्त गर्नेछन्। सर्वप्रथम असार १८ गते प्रतिस्पर्धाको उत्कृष्ट ६० प्रतिस्पर्धीहरू छानिनेछ र असार २७ गते मिनी गाला कार्यक्रमको आयोजना गरेर उत्कृष्ट ३० प्रतिस्पर्धीहरू छानिनेछ। त्यसैगरी साउन १६ गते शीर्ष २२ छानिनेछ भने उनीहरुको लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन गरिनेछ।
प्रतियोगिताको फाइनल भने भदौ १५ गते हुनेछ। प्रतियोगितामा उत्कृष्ट ६० सहभागीहरूले २ दिने प्रशिक्षण प्राप्त गर्ने छन् भने त्यहाँबाट छानिएका शीर्ष २२ प्रतिस्पर्धीहरूलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्नेछन्।

मिस यूनिभर्स नेपाल २०२४ को विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा आयोजना हुन लागेको ७३ औं मिस यूनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ।

प्रकाशित मिति : २०८१, ४ जेठ शुक्रबार ००:००  १ : ३६ बजे