२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो अनलाइन प्रशिक्षण सम्पन्न



काठमाडौं । गणित शिक्षा परिषद् प्रदेश १ को दोस्रो अनलाइन प्रशिक्षण सकिएको छ । गणित शिक्षा परिषद् प्रदेश १ द्वारा आयोजित दोस्रोपटकको दुई दिने अनलाइन प्रशिक्षण शुक्रबार सकिएको हो ।

केही समय अघि पहिलो चरणको प्रशिक्षण चलाएको प्रदेश १ परिषद्ले शिक्षकहरुको माग र पछिल्लो शैक्षिक अवस्थाबारे छलफल गर्न दोस्रो चरणको प्रशिक्षण चलाएको गणित शिक्षा परिषद् प्रदेश १ अध्यक्ष जीवनकुमार नेपालले जानकारी दिए । आगामी दिनमा थप नविनतम् कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको अध्यक्ष नेपालको भनाई छ । कोरोनाको कहरका कारण कतिपय योजनाहरु स्थगित गरिएपनि प्रविधिको प्रयोग गरेर अनलाईन प्रशिक्षण तथा छलफलहरु चलाईएको बताईएको छ ।

प्रशिक्षणको विहिबार त्रि.विका पूर्व उपकुलपति तथा गणित शिक्षा परिषद् नेपालको संस्थापक उपाध्यक्ष हिराबहादुर महर्जनले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि हिरा बहादुर महर्जनले धनी वर्ग मात्र नभइ गरिब विद्यार्थीलाई पनि गणितमा पहुँच बनाउन विद्यालय र क्याम्पसस्तरमा पनि गणित बिषय नेपाली भाषामा हुनुपर्ने बताएका छन् । प्रशिक्षणमा अमेरिकाबाट सहभागी भेषराज मैनाली सहितले प्रदेश १ परिषद्को सकृयताको प्रशंसा गर्दै शुभकामना मन्तव्य दिएको प्रशिक्षणमा सहभागी गणित शिक्षक रामबहादुर चौधरीले बताए ।

गणित शिक्षा परिषद प्रदेश १ का सचीव चिरञ्जीवी पाण्डेले सहजिकरण गरेको कार्यक्रममा उपाध्यक्ष सन्तोष बिष्टले स्वागत मन्तव्य राखेका थिए ।

परिषद्का केन्द्रिय उपाध्यक्ष डा. मुकुन्द क्षेत्री र केन्द्रिय महासचिव रमेश प्रसाद अवस्थीले academic article writing सहितका विषयमा सहजीकरण गरेका थिए । MEC बाट प्रकाशित जर्नल बारे समेत छलफल भएको थियो ।

देशका विभिन्न क्षेत्रका क्याम्पसका प्राध्यापक, सहप्राध्यापक, विद्यालयका प्र.अ. तथा गणित शिक्षकहरु गरि ३०० जनाको सहभागिता थियो ।

प्रकाशित मिति : २०७७, २३ श्रावण शुक्रबार ००:००  ९ : १० बजे