२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा ‘हेल्लो परामर्श सेवा’ सुरु



पूर्णप्रसाद न्याैपाने
अनलाइन सराेकार

ओखलढुंगामा ‘हेल्लो परामर्श सेवा’ सुरु गरिएको छ । दिर्घ रोगीहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै घरैबाट टेलिफोन मार्फत स्वास्थ्य सेवा र सल्लाह लिन सकिनेगरि जिल्ला अस्पताल रुम्जाटारले ‘हेल्लो परामर्श सेवा’ सुरु गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका समयमा दम, उच्च रत्तचाप, मधुमेह, बाथ, मृगौला, जस्ता दिर्घ रोगका नागरिकले घरैमा बसेर आफ्नो स्वास्थ्य समस्याका बारेमा चिकित्सक सँग टेलिफोन गरेर परामर्श सेवा लिन सक्नेगरि यो अभियान थालिएको जिल्ला अस्पतालका प्रमुख डा. सन्तोष देवले बताए । दिर्घ रोगीहरुले सामान्य स्वास्थ्य समस्यामा पनि अस्पताल आउँदा उनीहरुमा कोरनाको संक्रमणको जोखिम हुने भएकाले घरैमा बसेर सेवा लिन सक्ने डा. देवको भनाई छ । ‘लकडाउनका समयमा दिर्घ रोगीहरु अत्तालिएर अस्पताल आउनेक्रम बढेको छ । परामर्श लिनका लागि अस्पताल आउँदा उनिहरुमा कोरोनाको जोखिम हुने भएकाले घरैमा बसेर परामर्श लिने व्यवस्था मिलाएका छौं ।’ उनले भने, ‘रोगको संक्रमण, लक्षण र घरेलु उपचार सहित सतर्कताका विषयमा हामी जानकारी दिन्छौं । त्यसभन्दा जटिल समस्या भए स्वास्थ्य संस्था जान सुझाउँछौं ।’ अस्पताल जानुपर्ने भए पहिल्यै सम्पर्क गरेर मात्रै जान डा. देवले सुझाव दिएका छन् । नियमित सेवन गरिरहेको औषधीका बारेमा समेत कुनै जानकारी आवश्यक भए आफुहरुले परामर्श दिने उनको भनाई छ ।

ज्वरो, रुघाखोकी धरै भएमा नजिकैको स्वास्थ्य संस्थामा गएर जाँच गराउन, कोरोना संक्रमित जिल्लाबाट कोही आएमा उच्च सतर्कता अपनाउँदै क्वारेन्टाईनमा बसेर स्वास्थ्यकर्मीलाई जानकारी गराउन र मौषम परिवर्तनसँगै लाग्ने रोगबाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्ला अस्पताल रुम्जाटारले सबैमा अपिल गरेको छ ।
जिल्लाका दिर्घ रोगी तथा अन्यले पनि स्वास्थ्यका बारेमा परामर्श लिन चाहनेले जिल्ला अस्पतालको फोन नम्बर ०३७५४०१८८ र ९८२०७०२९२४ मा सम्पर्क गरेर सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

ओखलढुंगामा दिर्घ रोगीहरु लकडाउनको मारमा छन् । नियमित सेवन गर्ने औषधी सकिएकाले गाउँमा किन्न नपाईने र लकडाउनका कारण शहरमा जान सक्ने अवस्था नभएकाले समस्या बढेको हो ।

जिल्लाका केही स्थानीय तहका जनप्रतिनिधिले दिर्घरोगीका लागि आवश्यक औषधी घरघरमै लगिदिएको भएपनि धेरैजसो दिर्घरोगीहरु नियमित स्वास्थ्य उपचार र औषधी अभावमा छट्पटाईरहेका छन् ।

प्रकाशित मिति : २०७७, ८ जेठ बिहीबार ००:००  ७ : ३८ बजे