२०८१, ३ फाल्गुन शनिबार | Sat Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्कृष्ट पालिकालाई थप अनुदान दिऔं : अध्यक्ष नेपाल



सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले उत्कृष्ट पालिकालाई थप अनुदानको व्यवस्था गर्न माग गरेका छन् । जनताको पक्षमा काम गरेका र देशभर उत्कृष्ट ठहरिएका पालिकालाई संघीय र प्रादेशिक तहबाट विशेष अनुदान दिने व्यवस्था गर्नुपर्ने अध्यक्ष नेपालले बताएका हुन् ।


स्थानीय सरकार संस्थागत स्वमूल्याङ्कनको नतिजाका आधारमा उत्कृष्ट पालिकाका अध्यक्ष बनेका नेपालले सम्मान र पुरस्कारले काम गर्ने मनोवल बढेपनि पर्याप्त स्रोत नहुने भन्दै थप अनुदानको व्यवस्था गर्न माग गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आ.व. २०७९–०८० को नतिजा अनुसार इन्द्रावती देशभरका ४६० गाउँपालिकामा दोस्रो बनेको छ । पालिका मध्ये दोस्रो र ७५३ स्थानीय तह मध्ये पाँचौं बनेको इन्द्रावतीले ८७ अंक प्राप्त गरेको छ ।


स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आ.व. २०७९–०८० को नतिजा सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट पालिकालाई सम्मान गरेको छ ।


कार्यसम्पादनमा देशकै दोस्रो पालिका बनेको इन्द्रावती सिन्धुपाल्चोक जिल्लाको नीति, कार्यक्रम निर्माण र कार्यान्वयनमा अब्बल पालिका हो ।


इन्द्रावतीले दिगो विकासको लक्ष्य हासिल गर्नेगरी समृद्धिको अभियानसहित समावेशी, जबाफदेही, पारदर्शी, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गरिरहेको छ ।


स्थानीय तहको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधारमा स्थानीय सरकार बीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय सरकार संस्थागत स्वमूल्याङ्कन वर्षेनी गर्ने गरिन्छ ।

प्रकाशित मिति : २०८१, ९ भाद्र आइतबार ००:००  ५ : १५ बजे