२०८१, १९ आश्विन शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माण हुने, हेटौंडाबाट सामान ल्याइँदै



खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माण हुने भएको छ। हेटौंडाबाट बेलिब्रिजका सामान लगेर तत्काल जोडिने भएको हो।

लगातारको वर्षाले गत हप्ता सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएको थियो। रामेछाप जोड्ने बीपी राजमार्ग अस्थाई रुपमा खोल्ने प्रयास भइरहदाँ सुनकोशीमा बेलिब्रिज राख्ने तयारी भैरहेको सडक डिभिजन कार्यलय खाल्टेले जनाएको छ।

‘हेटौडाबाट बेलिब्रिजका समान मगाएका छौँ। ४–५ वटा ट्रकमा समान आउँदै छौँ,’ डिभिजन कार्यालयका इन्जिनियर प्रदिप तामाङले भने, ‘बेलिब्रिज जोड्न २ हप्ताबढी लाग्ने देखिन्छ।’

उनले रामेछाप जोड्न सित्खा र दोलखा हुँदै जान सकिन्छ। खुर्कोटको पुल बगेपनि सडक सम्बन्ध भने टुटेको छैन।

‘नेपाली सेना र हाम्रा प्राविधिक लागेर बनाउने हो। कति दिनलाग्छ भन्ने अहिले नै भन्न सकिँदैन,’ उनले भने, ‘दसैँअघि नै पुल सञ्चालन गर्न सक्ने त देखिँदैन।’

बेलिब्रिज निर्माणका लागि रामेछापका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले पहल गरेका हुन् ।

प्रकाशित मिति : २०८१, १८ आश्विन शुक्रबार ००:००  ५ : १७ बजे