२०८२, २६ जेठ आइतबार | Mon Jun 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डब्लुएचओद्वारा कोरोना सम्बन्धी अन्तरिम निर्देशिका तयार



काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसका लागि जनस्वास्थ्य निगरानी सम्बन्धी अन्तरिम निर्देशिका तयार पारेको छ । डब्लुएचओले कोभिड १९ सम्बन्धी पछिल्ला अनुसन्धानका निष्कर्ष तथा यसअघि प्रकाशित गरेका दुई अन्तरिम निर्देशिकालाई समायोजन गर्दै नयाँ अन्तरिम निर्देशिका जारी गरेको हो ।

डब्लुएचओको निर्देशिकामा सर्भिलेन्स डाटा विश्लेषण गर्दै सम्भावित लक्षणको मूल्यांकन गर्न भनिएको छ । निर्देशिकाले यस्तो परिभाषा प्रत्येक देशहरुलाई अनलाइनमा प्रकाशित गर्न तथा नियमित रुपमा स्वास्थ्य अवस्था प्रतिवेदन सार्वजनिक गर्न समेत भनेको छ । जारी गरेको निर्देशिकामा शंकास्पद केसहरुको परिभाषा दिइएको छ ।

यसैबीच डब्लुएचओले संक्रमितहरुको केस रिपोर्ट फर्म डब्लुएचओलाई पठाउन नपर्ने भनेको छ । उसले केसहरुको साताब्यापी प्रतिवेदन हरेक साताको बिहीवार भित्र पठाउनसमेत भनेको छ ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार ००:००  १० : २० बजे