२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२५ दिनमा १ करोड ५० लाख बराबरको राजश्व संकलन



ओखलढुंगा । ओखलढुंगामा करदाता सेवा कार्यालयले २५ दिनमा १ करोड ५० लाख बराबरको राजश्व संकलन गरेको छ । साउन १ गतेबाट जिल्लामा सेवा सुरु गरेको कार्यालयले २५ दिनमा १ करोड ४९ लाख ६२ हजार २९० रुपैँया राजश्व संकलन गरेको हो ।

५० वटा प्यान भ्याट दर्ता तथा नविकरण भएको र ९४ वटा मदिरा विक्रि वितरणका लागि पसलहरु दर्ता भएका छन् । प्यान भ्याट दर्ता तथा नविकरण र मदिरा वित्रिका लागि इजाजत लिनेहरुबाट पहिलो महिला डेढ करोड भन्दा बढी राजश्व संकलन गरिएको कर अधिकृत कुसुम श्रीमलले जानकारी दिए । व्यवसायीहरुलाई नियमानुसार कर कार्यालयमा दर्ता गरेर मात्र व्यवसाय संचालन श्रीमलले आग्रह गरेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका बाहेक सोलुखुम्बु र ओलखढुंगा जिल्लाका सबै स्थानीय तहलाई कार्यक्षेत्र बनाएर ओखलढुंगामा कार्यालय सञ्चालन ल्याईएको छ । विगतमा सिरहाको लहान पुगेर करसम्बन्धी काम गर्नुपर्ने बाध्यतामा रहेका सेवाग्राही जिल्लामै सेवा पाएपछि उत्साहित बनेका छन् ।

कोरोनाको कहरमा पनि सेवाग्राहीहरु कर कार्यालयमा सेवा लिन पुगेका छन् ।

कार्यालयले व्यक्तिगत स्थायी लेखा नम्बर, व्यवसायिक स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, मूल्य अभिबृद्धि कर दर्ता, अन्त शुल्क दर्ता एवं इजाजत पत्र वितरणरजारी तथा नवीकरण, स्थायी लेखा नम्बर लिँदाको विवरणर जानकारी संशोधन तथा कारोबार र शाखा थपघट, मूल्य अभिबृद्धि करण विवरण अन्त शुल्क विवरण र आय विवरण रुजु, कर चुक्ता प्रमाणपत्र, कर समायोजन, स्थायी लेखा नम्बर स्थगन र खारेजी, खरिद खाता बिक्री खाता प्रमाणित लगायतका १४ प्रकारका सेवा प्रवाह गरिरहेको छ ।

ओखलढुंगामा ५ हजार ६ सय ५२ करदाता छन् । यस्तै सोलुखुम्बुमा ४ हजार ६ सय १० करदाता रहेको र यो संख्या थपिने क्रममा रहेको करदाता सेवा कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २७ श्रावण मंगलबार ००:००  ११ : १० बजे