२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य घट्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा झिनो गिरावट आएको छ । आइतबार छापावाल सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन शुक्रवार छापावाल सुन प्रति तोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन तेजाबी सुन ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आइतबार प्रति तोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७७, ३२ श्रावण आइतबार ००:००  ५ : ४७ बजे