२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईईको नतिजा सार्वजनिक



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको नतिजा प्रकाशित गरेको हो । कोरोना महामारीका कारण परीक्षा सञ्चालन हुन नसकेपछि सम्बन्धित विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गरेको हो ।

बोर्ड परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणित गरेको हो । बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम साउन १९ गते नै सम्पन्न गरेको थियो । यसअघि, बोर्डले चैत ६ गतेको लागि एसईईको तालिका सार्वजनिक गरेको थियो ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

प्रकाशित मिति : २०७७, १ भाद्र सोमबार ००:००  १ : १५ बजे