२०८२, ३ असार मंगलबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो




काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ८ सय ४६ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउने संख्या ८ लाख २ हजार ३ सय ८४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४९ हजार नयाँ संक्रमित थपिएपछि विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३१ लाख नाघेको छ ।

यसैगरी विश्वभर १ करोड ५७ लाख कोरोना संक्रमित निको भएका छन् भने ६६ लाख संक्रमित उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार ००:००  ३ : १८ बजे