
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्कको प्रयोग नगराउन आग्रह गरेको छ । ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सकिने डब्लुएचओको भनाई छ ।
उनीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावकहरूलाई आग्रह समेत गरेको छ । यसैगरी १२ वर्षमाथिका बालबालिकाहरूलाई भने वयस्कहरुकै जस्तै नियम लागु हुने उसको भनाई छ । विश्व स्वास्थ्य संगठनले १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै उक्त कुराहरु बताएको हो ।
साथै संगठनले ६० वर्षभन्दा कम उमेरकालाई कपडाको मास्क लगाउन सुझाव दिएको छ । तर ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउन डब्लुएचओको सुझाव छ ।