२०८२, २० फाल्गुन बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज सोनाम ल्होछार



तामाङ समुदायले सोनाम ल्होछारको अवसरमा आज विभिन्न कार्यक्रम गर्दैछन्। 

काठमाडौं उपत्यकालगायत तामाङ बाहुल्यता रहेका स्थानमा सांस्कृतिक महोत्सवका रुपमा कार्यक्रमहरु आयोजना गरिएका छन्। तर यो वर्ष मञ्जुश्री पात्रो अनुसार २८६२ एक महिनापछि मात्रै सुरु हुदैछ। 

चद्रपात्रो परम्परा अनुसार मनाइने ल्होछार अर्थात नयाँ वर्ष यस पटक मलमासका कारण फागुन ६ गते पर्न गएको छ। तर सौर्य पात्रो अनुसारको विक्रम सम्वतको पात्रोमा आजै ल्हो फेर्ने उल्लेख भइ सार्वजानिक विदा समेत दिइएकोले आज सामूहिक सांस्कृतिक कार्यक्रमहरु मात्रै हुने नेपाल तामाङ घेदुङले जनाएको छ। 

यो वर्ष सर्प वर्षलाई विदाइ गरी ता(घोडा) वर्षको स्वागत गरिँदैछ। घोडा वर्षको स्वागत गरी घरघरमा पुजापाठ गर्ने कार्य भने फागुन ६ गते मात्रै हुने घेदुङका अध्यक्ष मोहन गोले तामाङले जानकारी दिए। 

नेपाल पन्चांग निर्णायक विकास समितिले सरोकारवालासंग छलफल नगरी चाडपर्व र विदा निर्धारण गरिँदा बेला बेलमा समस्या हुने गरेको अध्यक्ष गोेलेको भनाइ छ।  पन्चांगलाई समावेशी बनाउन सरकारलाई पटक पटक आग्रह गर्दा सम्बोधन नभएको तामाङ समुदायको गुनासो छ। यसपटकसर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुदैछ। 

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।नेपालका तामाङलगायत हिमाली समुदायले मनाउने यो ल्होछार नयाँ वर्षका रुपमा चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि एकैपटक मनाउने गरिन्छ। 

यी देशहरुमा पनि एक महिना पछि नै मनाउँदैछन्। एक महिना अगावै भएपनि सरकारले दिएको बिदाको दिन आज काठमाठौंको टुँडिखेलसहित देशैभर ल्होछारका कार्यक्रम आयोजना गरिएको छ। 

नेपाल तामाङ घेदुङको संयोकत्वमा रहेको ल्होछार मुल समारोह समितिले टुँडिखेलमा आज दिउँसो गर्ने सांस्कृतिक महोत्सवमा प्रधानमन्त्री शुशिला कार्कीको उपस्थिती रहने घेदुङका महासचिव जगतमान दोङले जानकारी दिए।  कार्यक्रममा तामाङ मौलिक झाँकीहरु बोम्बो र ताम्बा स्याबा, घोडाचढिलगायत नाचको प्रस्तुती रहनेछ। 

यस्तै तामाङ समुदायबाट विभिन्न विषयमा विद्यावारिधी गरेका, निजामति सेवा, खेल, पर्यटन, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा उच्च पदमा रही राष्ट्र सेवामा योगदान पु¥याएका व्यक्तित्वहरूलाईसम्मान गरिने महासचिव दोङले जानकारी बताए। 

प्रकाशित मिति : २०८२, ६ माघ सोमबार ००:००  १० : ३१ बजे