२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानमा कोरोना संक्रमितको सफल शल्यक्रिया


२०७७, १५ भाद्र सोमबार ००:००  

0
Shares

सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको युरोलोजी युनिटले जोखिम मोलेर परीक्षणबिनै एक कोरोना संक्रमित बिरामीको सफल शल्यक्रिया गरेको छ ।

प्रोस्टेटको समस्यासँग जुधिरहेका मोरङका ७८ वर्षीय वृद्धको कोरोना परीक्षण नहुँदै बीपीमा इमरजेन्सी शल्यक्रिया गरिएको हो । विराटनगरको एक अस्पतालमा दुई साताअगाडि गरिएको शल्यक्रिया सफल नभएकाले मुत्रथैलीमा रगत जम्ने समस्याले पीडित भएका वृद्ध ९ भदौमा प्रतिष्ठानमा भर्ना भएका थिए ।

पिसाब बन्द हुँदा अत्यधिक दुखाईले छटपटिरहेका वृद्धको जाँच गर्दा मुत्रथैलीमा रगत जमेको देखिएपछि आकस्मिक शल्यक्रिया गरिएको अस्पतालले जनाएकाे छ ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार ००:००  १० : ११ बजे