२०८२, ६ असार शुक्रबार | Fri Jun 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन


२०७७, १५ भाद्र सोमबार ००:००  

0
Shares

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।

कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन्।

‘भारी मनका साथ यो जानकारी गराउदैँछु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसहरूको प्रार्थनाका बावजुद् हाम्रा बुबा प्रणव मुखर्जी अहिले भर्खरै बित्नुभएको छ,’अभिजितले ट्वीटरमा लेखेका छन्।

मुखर्जी ८४ वर्षका थिए।

भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए। मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए।

गत अगस्ट १० मा उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। -सेताेपाटी

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार ००:००  १ : ४७ बजे