२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाेकुल बाँस्काेटासँग जाेडिएकाे ७० करोड काण्ड : मिश्रलाई अख्तियारले बाेलायाे


२०७७, १७ भाद्र बुधबार ००:००  

0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा अनुसन्धानका लागि जापान भागेका विजयप्रकाश मिश्रलाई बोलाएको छ।

अख्तियारले बुधबार गोरखापत्रमा सूचना प्रकासित गरी ७ दिनभित्र उपस्थित हुन भनेको हो ।

‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड रूपैयाँ कमिसनका लागि मोलमोलाइ गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलामा तपाईँसग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ, सूचनामा भनिएको छ ।

तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई मिश्रले जोडे पछि यो विषय अनुसन्धानका लागि अख्तियार पुगेको हो । छानवीनका लागि बाँस्कोटाले  पदबाट राजिनामा दिएका थिए । मिश्र भने अख्तियार र अदालतमा यी विवाद चलिरहँदा २ महिना अघि भागेर जापानको योकोहामा शहरमा पुगेका छन् ।मिश्रले भने आफू नभागेको दावी गरेका छन् ।

सुटुक्क जापान पुगी २ महिनादेखि उतै बसेको समाचाार सार्वजनिक भएपछि बुधवार उनले उतैबाट एक विज्ञप्ति जारी गरी यस्तो समाचारको खण्डन गरेका छन् । विज्ञप्तिमा उनले आफू भागेको नभै आफूसँग रहेको अडियोको डिभाइस लिन जापान आएको तर्क गरेका छन् ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार ००:००  १० : ४३ बजे