२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा कोरोना देखिएका स्वास्थ्यकर्मी र प्रहरीकाे काम यस्ताे थियाे, अरुमा त संक्रमण सरेन ?


२०७७, १७ भाद्र बुधबार ००:००  

0
Shares

ओखलढुंगा । ओखलढुंगामा हेल्थडेक्समा कार्यरत स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मुख्य नाका टोक्सेल हर्कपुरमा राखिएको हेल्थडेक्समा कार्यरत १ स्वास्थ्यकर्मी र अन्य ४ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

बुधबार आएको रिपोर्टमा ५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । जिल्लाबाट स्वाब परीक्षणका लागि पठाईएको १ सय ८ मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनको भनाई छ ।

१ महिला र ४ पुरुष संक्रमित मध्ये स्वास्थ्यकर्मी कोरोनाको कहर रोक्न स्थापना गरिएको हेल्थडेक्समा केही महिना यता कार्यरत थिईन् । संक्रमित ४ प्रहरी मध्ये १ जना विराटनगरबाट कही दिन अघि सुरुवा भएर आएका थिए । अन्य ३ जना मानेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत थिए ।

कोरोना संक्रमण रोक्न नाकामा खटिएका स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना संक्रमण देखिएपछि मानेभञ्ज्याङ क्षेत्रमा त्रास फैलिएको छ । स्वास्थ्य र सुरक्षामा खटिएका व्यक्तिहरु निरन्तर मानिसकाे सम्पर्कमा रहने भएले उनीहरु मार्फत समुदायमा संक्रमण फैलिएकाे हुन सक्ने भन्दै स्थानीयमा त्रास बढेकाे हाे ।

टोक्सेल हर्कपुर माथिल्लो सगरमाथा क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका हो । सोलुखुम्बु, खोटाङ र ओखलढुंगा प्रवेश गर्ने मुख्य मार्गमा रहेको हेल्थडेक्समा त्यस क्षेत्रबाट आवतजावत गर्ने सबै सवारी रोकेर चेकजाँच र विवरण इन्ट्री गर्ने गरिएको थियो ।

जिल्लामा यसअघि बाहिरबाट सरुवा भएर आएका प्रहरीमा कोरोना देखिएपनि जिल्लामै कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पहिलो पटक कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार ००:००  १२ : २६ बजे