काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ७३ हजार २३३ पुगेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म २ करोड ६४ लाख ७१ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन २ लाख ८८ हजार २४६ मा नयाँ संक्रमण देखिएको छ भने ५ हजार ९०१ जनाले ज्यान गुमाएका छन् ।
संक्रमित १ करोड ८६ लाख ५३ हजार १७२ जनाले कोरोनालाई जितेका छन् भने ६९ लाख ३३ हजार ३५१ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६० हजार ८७४ जनाको अवस्था गम्मीर छ ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा ६३ लाख ३५ हजार २४४ जना संक्रमित छन् । १ लाख ९१ हजार ५८ जनाले ज्यान गुमाएका छन् ।