२०८२, ३ असार मंगलबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी वर्षको मध्यसम्म पनि कोरोनाको खोप आउने सम्भावना छैन : डब्ल्यूएचओ



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अर्को वर्ष सन् २०२१ को मध्यसम्ममा पनि कोरोना खोप बजारमा आइसक्ने आशा गर्न नसकिने जनाएको छ । शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिसले अहिलेसम्म कुनै पनि खोप खासै प्रभावकारी नदेखिएको भन्दै आगामी वर्षको मध्यसम्म पनि खोप बनिसक्ने अपेक्षा गर्न नसकिने बताएका हुन् ।

‘अहिलेसम्म परीक्षणमा रहेका कुनै खोप ५० प्रतिशत पनि प्रभावकारी हुने देखिएको छैन, उनले भने, ‘यसकारण अझै अनुसन्धानमा जोड दिन जरुरी छ।’ बीबीसी

प्रकाशित मिति : २०७७, २० भाद्र शनिबार ००:००  ११ : ०९ बजे