२०८२, ७ माघ मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले आमा गुमाएका शिशुको स्याहारका लागि पूर्वमन्त्री बस्नेतले दिए एक लाख रुपैंया



नबिन धमला
अनलाइन सराेकार

सिन्धुपाल्चोकमा कोरोनाका कारण मृत्यु भएकी महिलाको शिशु स्याहारका लागि नेपाली कांग्रेसका एक नेताले सहयोग गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले शिशु स्याहारका लागि उनका अभिभावकलाई १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै पूर्व मन्त्री बस्नेत

केही दिन अघि सिन्धुपाल्चोकको बाह्रबिसे ९,राम्चेकी एक सुत्केरी महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा उपचारका क्रममा आमाको निधन भएपछि शिशुलाई केही दिन अस्पतालमा राखिएको थियो ।

शिशु शुक्रवार धुलिखेल अस्पतालबाट डिस्चार्जपछि अस्पतालमै पुगेर पूर्वमन्त्री बस्नेतले १ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । नवजात शिशुलाई स्याहार तथा पौस्टिक आहारमा सहयोग पुगोस् भने उदेश्यले रकम दिएको बस्नेतले अनलाइन सरोकारसँग बताए ।

प्रकाशित मिति : २०७७, १० जेठ शनिबार ००:००  ३ : ११ बजे