२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भन्सारले दुई महिनामा गर्यो ४८ अर्ब राजस्व संकलन



काठमाडौं । भन्सार विभागबाट चालु आर्थिक वर्ष २०७७।७८ को पहिलो दुई महिनामा करिब ४८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । विभागका अनुसार साउन महिनाको तुलनामा भदौ महिनामा राजस्व असुली केही वृद्धि भएको हो ।

साउनसम्मको असुली २२ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । भदौमा भने २४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागले भदौ महिनासम्म २२ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । भन्सारले मूल्यअभिवृद्धि करतर्फ १९ अर्ब १५ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ ।

अन्तःशूल्कमा भने संकलन ४ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ संकलन भएको भन्सार विभागले जनाएको छ । सडक सुधार शूल्कतर्फ ५० करोड ७७ लाख र सडक निर्माण दस्तुर ९२ करोड १ लाख रुपैयाँ संकलन भएको विभागको तथ्यांक छ ।

प्रकाशित मिति : २०७७, १ आश्विन बिहीबार ००:००  ५ : ३० बजे