२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर २४ नयाँ कर कार्यालय खुल्ने



अनलाइन सराेकार

काठमाडाैं – सरकारले हालै २४ वटा नयाँ करदाता सेवा कार्यालय स्थापनाको निर्णय समेत गरेको छ । अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभाग अन्तर्गत रहने गरी साजिकका करदाता सेवा कार्यालय कावासोती, जुम्ला, डडेलधुरा, इटहरी र सुनसरीलाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गरिएको छ । काठमाडौंको जोरपाटीमा नयाँ आन्तरिक राजस्व कार्यालय खडा गरिएको छ ।

भोजपुर, पथरी (मोरङ), ओखलढुंगा, जलेश्वर (महोत्तरी)मा भने नयाँ करदाता सेवा कार्यालय खोलिएको छ । यसैगरी लालबन्दी (सर्लाही), कलैया (बारा), चन्द्रपुर (रौतहट), सिन्धुली, मन्थली -रामेछाप), चरिकोट (दोलखा), खैरहनी (चितवन)मा समेत नयाँ कार्यालय स्थापनाको निर्णय अर्थ मन्त्रालयले गरेको छ ।

बेसिशहर -लमजुङ), परासी -नवलपरासी पश्चिम) , पुतलीबजार (स्याङ्जा), कुश्मा (पर्वत), तमघास (गुल्मी), सन्धीखर्च -अर्घाखाँची), तौलिहवा (कपिलवस्तु), चकचके (प्यूठान), श्रीनगर (सल्यान), गुलरिया (बर्दिया), साँझेबगर (अछाम) र दिपायल (डोटी)मा नयाँ करदाता सेवा कार्यालय स्थापनाको निर्णय मन्त्रालयले गरेको हो ।

प्रकाशित मिति : २०७७, १० जेठ शनिबार ००:००  ३ : ०७ बजे