२०८१, २४ बैशाख सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग



काठमाडौं । नागरिक अगुवाहरुले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपील गरेका छन् ।

आइतबार पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुगांना, पूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमा, शम्भु थापा, भीमार्जुन आचार्य लगायतले संयुक्त अपील जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न र उनले उठाएका मागहरु सम्बोधन गर्न सरकारलाई अपील गरेका छन् ।

२९ भदौमा जुम्लाको चन्दननाथनगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा अनसन थालेका उनी काठमाडौं आएको एक साता बित्दा पनि सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ ।

अपीलकर्ताहरुले कोरोना संक्रमण रोकथाम, सरल परीक्षण, भ्रष्टाचार र विभिन्न प्रकरणमा उठेका सवालको छानबिन एवं कार्वाहीका लागि डा. केसीले राखेको मागप्रति पनि संवेदनशील बन्न पनि सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७, ११ आश्विन आइतबार ००:००  ३ : ४९ बजे