काठमाडौं । कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार मंगलबार बिहानसम्ममा विश्वभर १० लाख ५५५ कोरोना संक्रमितको ज्यान गएको हो ।
सबभन्दा बढी संक्रमित रहेका अमेरिका मृतक संख्यामा पनि अगाडि रहेको छ । हालसम्म अमेरिकामा २ लाख ५ हजार बढीको मृत्यु भइसकेको छ । त्यस्तै ७१ लाख ४७ हजार ७५१ संक्रमित भइसकेका छन् । जसमध्ये २७ लाख ९५ हजार बराबर निको भएका छन् ।
अमेरिकापछि ब्राजिलमा सबभन्दा बढी कोरोना संक्रमितको ज्यान गएको छ । हालसम्म ब्राजिलमा १ लाख ४२ हजार ५८ संक्रमितको ज्यान गइसकेको हो । संक्रमित संख्याका आधारमा तेस्रो बढी ग्रसित रहेको ब्राजिलमा हालसम्म ४७ लाख ४५ हजार ४६४ संक्रमित भइसकेका छन् । निको हुने अनुपात भने अमेरिकामा भन्दा बढी रहेको छ । हालसम्म ब्राजिलमा ४१ लाख ९७ हजार ३७२ निको भइसकेका छन् ।
यसैगरी भारतमा ९५ हजार ५४२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । दोस्रो बढी संक्रमित संख्या रहेको भारतमा ५० लाख १७ हजार बराबर निको भइसकेका छन् ।
भारतपछि मेक्सिको, बेलायत लगायतका मुलुकमा मृतक संख्या बढी रहेको छ ।