२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वाबलम्बनले आधा ब्याज छुट दिने



ओखलढुंगा- ओखलढुंगाको केत्तुकेमा रहेको सकृय स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाले ऋणीलाई ब्याजमा ५० प्रतिशत छुट दिने भएको छ । कोरोनाको संक्रमणका कारण प्रभावित भएका सहकारीका सदस्यहरुले चलाएको रकमको ब्याजमा आधा छुट दिने सहकारीले निर्णय गरेको हो ।

केत्तुकेको काेल्टार स्थित स्थानीय महिलाहरुको समुहलाई सहकारीमा परिणत गरेर चलाईएको सहकारीले ४७ जनालाई ऋण प्रवाह गरेको छ । महिला मात्रै सदस्य रहेको र महिलाहरुले नै चलाएको सहकारीमा मासिक ५० रुपैंया लेवि संकलन गरेर जम्मा भएको पच्चिसलाख ६१ हजार रकम ऋण प्रवाह गरिएको छ । उक्त रकम बराबरको ब्याजमा छुट दिने निर्णय भएको सहकारीका व्यवस्थापक सिता तामाङले जानकारी दिईन् । कोरोनाको संक्रमणका कारण आयआर्जन नहुँदा ऋणीहरुले ब्याज तिर्न नसक्ने अवस्थालाई मध्येनजर गर्दै यस्तो निर्णय गरिएको उनको भनाई छ ।

यसैबिच सकृय स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो क्षेत्रका स्थानीयलाई सरसफाईप्रति सचेत गराउन साबुन वितरण गरेको छ । कोरोनाको संक्रमणबाट बच्न सरसफाईमा ध्यानदिनुपर्ने विषयलाई सन्देशको रुपमा प्रवाह गर्दै स्थानीय ७५ घरपरिवारलाई २÷२ वटाका दरले साबुन वितरण गरेको हो ।

सहकारीका अध्यक्ष लक्ष्मि तामाङ, व्यवस्थापक सिता तामाङ, लेखा संयोजक पम्फा तामाङ र स्वयंसेविका चिनीमाया तामाङले सरसफाईको महत्वबारे सचेत गराउँदै सहयोग स्वरुप साबुन वितरण गरेको सहकारीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ११ जेठ आइतबार ००:००  १२ : १५ बजे