२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेना नियन्त्रणमा हालसम्म ८ अर्ब ३९ करोड खर्च



काठमाडाैं – सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विषयगत रूपमा सार्वजनिक गरेको छ।

कोभीड-१९ संकट व्यवस्थापन संचालन केन्द्र सिसिएमसी निर्देशक समितिले हालसम्म खर्च र निकासा रकम गरी झन्डै १४ अर्ब रूपैयाँको खर्च विवरण सार्वजनिक गरेको हो।

जसमध्ये संघीय संचित कोषबाट श्रोत व्यवस्थापन गरिएको रकम ४ अर्व १० करोड ५५ लाख ६ हजार रहेको छ। जसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, शहरी विकाश मन्त्रालय र शिक्षा मन्त्रालयलाई बजेट दिइएको उल्लेख छ।

औषधि, स्वास्थ्य सामाग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य गरी ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएको सार्वजनिक गरिएको छ।

सातै प्रदेशबाट गरी १ अर्ब ३० करोड ४ लाख ९९ सय हजार खर्च भएको उल्लेख छ।

त्यसैगरी स्थानीय तहहरूले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको विवरणमा बताइएको छ।

त्यसैगरी प्रदेश सरकारकातर्फबाट कोरोना कोषमा २ अर्ब २२ लाख ५३ हजार जम्मा भएको उल्लेख छ भने स्थानीय तहबाट ४ अर्ब ८३ करोड २७ लाख १५ हजार जम्मा भएको उल्लेख छ।

प्रकाशित मिति : २०७७, ३१ जेठ शनिबार ००:००  ११ : ०१ बजे