२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणित शिक्षकहरुका लागि अनलाइन प्रशिक्षण सुरु



प्रदेश १ का सबै जिल्लामा गणित शिक्षा परिषद गठन हुने

पूर्णप्रसाद न्याैपाने

भर्चुअल प्रशिक्षण

काठमाडाै‌ं – प्रदेश १ का सबै जिल्लामा गणित शिक्षा परिषद् गठन गरिने भएको छ । परिषद्को प्रदेश कार्यसमितिको आयोजनामा भएको विशेष प्रशिक्षण कार्यक्रममा परिषद्का प्रदेशका अध्यक्ष जीवन नेपालले कार्यक्रमको अध्यक्षता गर्दै सबै जिल्लामा समिति विस्तार गर्ने घोषणा गरेका हुन् । जिल्ला जिल्लामा समिति बनाएर संस्थागत उद्देश्य अनुसार काम गर्ने लक्ष्य राखिएकाले सोही अनुसार जुट्न उनले सबै जिल्लाका शिक्षकलाई अपिल समेत गरेका छन् ।

प्रदेश कार्य समितिको अध्यक्ष जीवन नेपालको अध्यक्षता तथा प्राध्यापक डाक्टर मदनमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अनलाइन प्रशिक्षणमा परिषद्का केन्द्रीय तथा सबै प्रदेशका पदाधिकारी सहित देशभरका करिब ३ सय शिक्षक र गणितीज्ञहरु सहभागि छन् । सहभागीहरुलाई प्रदेश कार्यसमितिका उपाध्यक्ष सन्तोष विष्टले स्वागत गर्दै प्रशिक्षण आयोजनाको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।

प्रदेश कार्यसमितिका सचिव चिरन्जीवी पाण्डेले सहजीकरण गरेको कार्यक्रम दुई दिन सम्म सञ्चालन हुने छ । असार १ र २ गते दुई दिन बिहान ७ देखि ९ बजे सम्म दुई घण्टा जुम मार्फत भर्चुअल प्रशिक्षण हुने भन्दै देशभरका शिक्षकलाई सहभागी हुन आयोजकले अपिल गरेको थियो ।

प्रोफेसर डा. प्रकाशमुनी बज्राचार्य र रमेश प्रसाद अवस्थी सहितका विज्ञहरुले प्रशिक्षण दिईरहेका छन् । आइटम राइटिङको आवश्यकता र महत्व, पाठ्यक्रमले निर्धारण गरेका विषय, त्यसको समिक्षा, सुधारात्मक पक्ष र कोरोनाको विपद्का बेला विद्यार्थीको सिकाई निरन्तरता र अबको योजना सहितका विषयमा प्रशिक्षण जारी छ ।

गणित शिक्षा परिषद् प्रदेश १ ले अनुकरणीय कामको थालनि गरेको परिषद्का केन्द्रिय उपाध्यक्ष उमानाथ पाण्डेले बताए । अन्य प्रदेशमा पनि समन्वय गरेर काम गर्न आग्रह गर्दै सफलताको शुभकामना दिए ।

प्रशिक्षणमा प्रविधी मैत्री शिक्षक समाजका प्राविधिक संयोजक एवं गणित शिक्षा परिषदका सल्लाहकार घनश्याम अधिकारी र सदस्य लोकवहादुर खडकाले प्राविधिक सहयोग गरेका थिए ।

परिषद्का सल्लाकार दण्डपाणी गौतम र जिओजेव्राको संस्थापक संयोजक हाल अमेरिकामा रहेका भेशराज मैनालीले समिक्षात्मक टिप्पणी गरेका थिए ।

गणित विषयलाई छुट्टै विधाको रुपमा विकास गर्ने, अन्तराष्ट्रिय मापदण्डमा समन्वय गराउने, व्यवहारिक र सरल बनाउने, गणितज्ञहरुलाई संगठित गर्ने, गणितीय समस्याहरुको समाधान गराउने, अध्ययन तथा अनुसन्धानमा गणित विषय समावेस गराउने, सरकारलाई गणितीय सुझाव र सल्लाह प्रदान गर्न दवाव समुहको रुपमा कार्य गर्ने, समय सापेक्ष प्रविधि मैत्री र रुचिको विषय बनाउने लगायतका उद्देश्य राखेको गणित शिक्षा परिषद्को केन्द्रमा राष्ट्रिय कार्य समिति, सातवटा प्रदेशमा प्रादेशिक कार्यसमिति र नेपालका ४५ भन्दा बढी जिल्लाहरुमा जिल्ला कार्य समिति गठन भइ क्रियाशिल अवस्थामा छन् ।

याे पनि पढ्नुहाेस्

https://onlinesarokar.com/%e0%a4%97%e0%a4%a3%e0%a4%bf%e0%a4%a4-%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d-%e0%a4%87%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be/

प्रकाशित मिति : २०७७, १ असार सोमबार ००:००  २ : २९ बजे