२०८२, ३१ असार मंगलबार | Wed Jul 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुगलले एप्पललाई १७ खर्ब दिने



गुगल सर्चलाई एप्पल डिभाइसमा राख्नका लागि गुगलले खर्बौं रुपैयाँ दिने गरेकोबारे थाहा छ ? हरेक वर्ष सम्झौता अनुरुप गुगलले एप्पललाई पैसा दिन्छ । यसपटक पनि यस्तै हुँदैछ ।

बर्नस्टीनका एनालिस्टलाई उद्धृत गर्दै दिइएको खबरमा गुगलले सन् २०२१ का लागि एप्पललाई १५ बिलियन डलर ९१७ खर्ब रुपैयाँ० दिने भएको छ । स्मरण रहोस्, अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यो १० बिलियन डलर थियो । अर्थात् अब ५ बिलियन डलर वृद्धि भएको छ ।

गुगलले एप्पललाई किन दिन्छ पैसा ?

एप्पल संसारको शीर्ष मोबाइल कम्पनी भएको कुरा कसैबाट लुक्न सकेको छैन । यस्तोमा यो सम्झौता अन्तर्गत एप्पलले आफ्नो हरेक डिभाइस जस्तै – आइफोन, म्याक र आइप्याडमा डिफल्ट सर्च इन्जिनको रुपमा गुगललाई नै राख्ने गर्छ ।

यदि तपाईं एप्पलको डिभाइसमा सफारी ब्राउजर प्रयोग गर्नुहुन्छ भने त्यसले पनि गुगल सर्च नै गर्छ । यस्तो यसकारण किनभने यसका लागि गुगलले एप्पललाई अर्बौं रुपैयाँ दिन्छ ।

एनालिस्टले लगाएको अनुमान अनुसार सन् २०२१ मा एप्पलले आफ्नो शुल्क बढाएको छ र यो अब १५ बिलियन डलर भइसकेको छ । सन् २०२२ सम्म यो १८ देखि २० बिलियन डलरसम्म पुग्ने पनि अनुमान गरिएको छ ।

यद्यपि, यसका लागि एप्पलको आलोचना पनि हुने गर्छ । आलोचना यसकारण किनभने कम्पनी गोपनियताको विषयमा ठूलो दाबी गर्ने गर्छ । यस्तोमा डिफल्ट सर्च इन्जिनको रुपमा गुगललाई राख्दा गोपनियतामा आँच त आइरहेको छैन भनेर धेरैले शंका गर्ने गर्छन् ।

यो आलोचनामाथि एप्पलले भनेको छ, ‘गुगल सबैभन्दा चर्चित सर्च इन्जिन हो र हामी गुगललाई समर्थन गर्छौं, तर हामीसँग डकडक गोका लागि पनि बिल्ट इन सपोर्ट छ ।’

डकडक गो एउटा सर्च इन्जिन हो जसलाई निकै सुरक्षित र नीजि मानिन्छ ।

यो सम्झौताले एप्पल र गुगल दुबैलाई फाइदा हुन्छ । एप्पलले गुगलको तर्फबाट मोटो रकम पाउँछ, यस्तै गुगल​ले यो कारण धेरै प्रयोगकर्ता पाउँछ । धेरै प्रयोगकर्ता अर्थात् धेरै विज्ञापन र युजर डाटा । बढी युजर डाटा र विज्ञापनमार्फत् कम्पनीले अत्यधिक पैसा कमाउँछ । एजेन्सी

प्रकाशित मिति : २०७८, ११ भाद्र शुक्रबार ००:००  ४ : १० बजे