२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘काेराेना राेक्न अफ्रिकी मुलुकबाट सिकाैं’ : राष्ट्रसंघ महासचिव गुटेरेस



काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकसित मुलुकले कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि अफ्रिकी मुलुकहरुबाट शिक्षा लिन सक्ने बताएका छन् ।

बुधबार फ्रान्सको एक सञ्चारमाध्यमसँगको कुराकानीमा उनले अफ्रिकी मुलुकले महामारी नियनन्त्रणका लागि पाएको सफलताको प्रशंसा गरेका हुन् । उनले महामारी सुरु हुँदा अफ्रिकी मुलुकको विषयको विषयमा चिन्ता गरिएअनुसारको महामारी यो क्षेत्रमा नफैलिएको बताए ।

अफ्रिका महादेशमा अहिलेसम्म कोरोना भाइरसको कारण तीन हजारभन्दा कम मानिसको मृत्यु भएको छ । संक्रमितको संख्या पनि ८८ हजार पुगेको छ । जबकि विश्वभर अहिलेसम्म तीन लाख २० हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

यसअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीले अफ्रिकामा कोरोना भाइरसको कारण एक लाख ९० हजार मानिसको मृत्यु हुन सक्ने अनुमान गरेका थिए । -बीबीसी

प्रकाशित मिति : २०७७, ७ जेठ बुधबार ००:००  ६ : २५ बजे