२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महामारीको खराब अवस्था आउन अझै बाँकी छः डब्लुएचओ



काठमाडौं । कोरोना भाइरस महामारीको अझ खराब अवस्था आउन बाँकी नै रहेको हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । महामारी सुरु भएको ६ महिना पुगे पनि अझै खराब अवस्था आउन सक्ने डब्लुएचओले बताएको हो ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले सरकारहरुले नियन्त्रणका लागि सही नीति अवलम्बन नगरेमा कोरोना भाइरसबाट अझै धेरै मानिसहरु संक्रमित हुने बताएका छन् । उनले अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलशन र क्वारेन्टिन नै महामारी नियन्त्रणमा लिने प्रमुख उपाय रहेको बताए ।

विश्वभर ६ महिनाको अवधिमा संक्रमितको संख्या एक करोड दुई लाख ६८ हजार भन्दा बढी पुगेको छ । विश्वभर ज्यान गुमाउनेको संख्या पाँच लाख चार हजार भन्दा धेरै पुगेको छ । कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख भन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कुल संक्रमितको संख्या २५ लाख ८६ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये एक लाख २६ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

कोरोना भाइरस पहिलोपटक गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको थियो । कोरोना भाइरसबाट संक्रमित भएका मध्ये आधा अमेरिका र युरोपका हुन् । तर पछिल्लो सयम दक्षिण अमेरिकामा संक्रमण तीव्र गतिमा बढिरहेको छ । यस्तै दक्षिण एसिया र अफ्रिकामा पनि संक्रमण बढ्दो क्रममा छ । यी क्षेत्रमा जुलाईको अन्त्यतिर महामारी उच्च तहमा पुग्ने आँकलन छ ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार ००:००  २ : ५७ बजे