२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनमा मोटर बिमा गरे छुट !



अनलाईन सरोकार

काठमाडाैं- लकडाउन अवधिमा सञ्चालनमा नआएका सवारीसाधनलाई मोटर बिमा छुट हुने भएको छ । बिमा समितिले परिपत्र जारी गर्दै मोटर बिमा निर्देशिकाअनुसार लकडाउन अवधिमा थन्किएका मोटरहरूलाई छुट प्रदान गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो ।

मोटर बिमा ऐन २०७३ को दफा ७.९ मा बिमा गरिएको मोटर लगातार दुई महिनाभन्दा बढी प्रयोग नहुँदा स्थगनबापतको छुट दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार लकडाउनमा थन्किएमा मोटरहरूलाई छुट प्रदान गर्न समितिले निर्देशन दिएको हो ।

बिमा समितिको निर्देशनअनुसार बिमा गरिएको मोटरको बिमाशुल्क दुईतिहाइ रकममा थन्किएको दिनबराबरको छुट दिनुपर्नेछ । अर्थात्, कुनै मानिसले मोटर बिमा गर्दा बिमाशुल्क ३० हजार भुक्तानी गरेको छ भने सो रकमको दुईतिहाइ अर्थात् २० हजार रुपैयाँमा छुट पाउनेछ । २० हजार रकमलाई ३६५ दिनले भाग गर्दा प्रतिदिनको बिमाशुल्क निस्किछ ।

जति दिन साधन थन्किएको हो, सोही दिनबराबरको रकम छुट प्रदान गरिनेछ । बिमाशुल्कको एकतिहाइ रकम भने मोटर थन्किँदा हुने जोखिमबापत छुट्याइएको छ । ऐनअनुसार १५ दिनभन्दा बढी, तर एक महिनाभन्दा कम दिनलाई पनि एक महिना मानिन्छ ।

मोटर बिमामा थन्किएको अवधिको छुट दिँदा लकडाउन अवधि सुरु भएको र अन्त्य भएको दिनलाई गणना गरिनेछ । तर, अत्यावश्यक सेवाका सवारीसाधनको हकमा भने नेपाल सरकारले सूचना जारी गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको अवधिसम्मका लागि थन्किएको अवधि गणना गरिनेछ ।

प्रकाशित मिति : २०७७, ७ जेठ बुधबार ००:००  ७ : ५८ बजे