देशभर फैलिएको Gen-Z आन्दोलनको क्रममा बुढानिलाकण्ठ नगरपालिकामा पनी क्षति पुगेको छ। आन्दोलनकारीहरूले वडाकार्यालय, जनप्रतिनिधिहरूको घर, निजी गाडी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका छन्।नगरपालिकाको प्रशासनिक भवनलाई भने सुरक्षाकर्मी र जनप्रतिनिधिको प्रयासमा क्षति हुनबाट जोगाइएको छ। तर, विभिन्न वडा कार्यालय र निर्वाचित जनप्रतिनिधिहरूका निजी घर तथा गाडीहरू सुरक्षित रहन सकेनन्। नगर प्रमुख मिठामार अधिकारीको…