माछा मार्न गएका आमाछोरीको दाङमा खोलामा डुबेर मृत्यु भएको छ । दाङको लमही नगरपालिका(१ बसन्तपुर निवासी ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिका सार्कीको खोलामा डुबेर मृत्यु भएको हो । शुक्रबार दिउँसो करिब २ बजेतिर घरबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा उनीहरू डुबेका थिए ।…