देशभर तीव्र गतिमा भइरहेको विकास–निर्माणका गतिविधिले पहाडहरू नाङ्गिँदै जाने क्रम रोकिएको छैन। सडक, भवन, र अन्य संरचना विस्तारका नाममा अनियन्त्रित डोजर प्रयोग र वन फँडानीले मात्र मानव जीवनमा हैन, सम्पूर्ण जीवित प्राणीहरूको बसोबासमा गम्भीर असर परेको विशेषज्ञहरू बताउँछन्। लगातार पहाड कटानका कारण वन्यजन्तुको प्राकृतिक आवास खण्डित हुँदै गएको छ। चराचुरुंगीदेखि लिएर साना–ठूला जनावरसम्म आफ्नो थलो…