जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको ट्रमा सेन्टर पुगेकी छन्। भदौ २३ र २४ गते भएको आन्दोलन क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कोही घाइतेको ट्रमा सेन्टरमा, कसैको सिभिल अस्पताल र कोहीको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार राति प्रधानमन्त्रीमा कार्की नियुक्त भएकी थिइन्। जेन(जी प्रदर्शनको क्रममा ज्यान…