देशका केही स्थानमा यति बेला (आइतबार बिहान साढे ९) पानी परिरहेको छ । पश्चिम नेपालका थोरै स्थानमा वर्षा भएको हो । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलवायुविज्ञ धर्मराज उप्रेतीले पनि पश्चिम वायुको प्रभाव सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बाँके, बर्दियासम्म देखिन थालेको जनाएका छन् । “कञ्चनपुर…