काठमान्डौको बुढानीलकण्ठ नगरपालिकामा Gen-z आन्दोलनपछिको क्षति सम्बोधन बैठक सम्पन्न भएको छ ।बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा Gen-zआन्दोलनका कारण भएको आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिसँग सम्बन्धित धनी र सरोकारवालाहरुसँगको महत्वपूर्ण बैठक स्थानीय कार्यालयमा सम्पन्न भएको हो । आन्दोलनपछिको पुनर्निर्माण तथा क्षतिपूर्ति प्रक्रियालाई गति दिन यो बैठक आयोजना गरिएको थियो।…