सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । कोरोना महामारीलाई लक्षित गरेर विरामीलाई उपचारका लागि अस्पताल सम्म लैजान गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो । पालिका भित्रका गर्भवती, जेष्ठनागरिक र अपाङ्गहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष गंगादेवी श्रेष्ठले जानकारी दिइन् । पालिकावासीहरुलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट…