२०८१, ७ जेठ सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिंसा विरुद्धको नौलो अभ्यास ! तस्बिर अभियान तस्बिरमै हेर्नुहोस्



मकवानपुर । पछिल्लो समय महिला हिंसा बढ्दै गइरहेको भन्दै हेटौंडामा तस्वीरबाटै महिला हिंसा विरुद्ध सचेतना अभियान सुरू गरेका छन् । हेटौंडामा संचालनमा रहेको न्यु क्रियटिभ फोटो स्टुडियोले सामाजिक संजालमाबाट सचेतना मुलक तस्वीरहरु सार्वजनिक गर्दै हिंसा विरुद्ध अभियान सुरु गरेको हो ।

सामाजमा महिला माथि हुने हिंसामा कमि नआएकाले हिंसा विरुद्ध रचनात्मक अभियान सुरु गरेको बताइएको छ । पछिल्लो समय महिला माथि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हुने गरेको हिंसाका घटनाहरूलाई वास्तविक र यथार्थपरक चित्रण तस्वीरमा गर्न खोजिएको छ । यसबाट हिंसालाई केहि हदसम्म भए पनि कमी ल्याउन सहयोग गर्ने उनीहरुको विश्वास रहेको छ ।

तस्वीरमा हिंसा र नारी शक्तिको अभमुल्यन गरिने धटनाहरुलाइ चित्रन गर्न खोजिएको छ । तस्वीरबाटै समाजमा सचेतना फैलाउने उद्देश्यले स्टुडियोको आधिकारीक फेसबुक पेजबाट तस्वीरहरु सार्वजनिक गरिएको छ ।

स्टुडियोका संचालक आदर्श पराजुलीको कन्सेप्ट तथा निर्देशनमा स्वीकृती ढुङ्गेल मोडलको रुपमा प्रस्तुत भएकी छिन् भने क्यामेरा पराजुली आफैले समहालेका छन् । मेक अपको स्पुर्ण जिम्मेवारी भने दि सुस्मा मेक अपले सम्हालेको छ ।

हाल बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगको हेटेक्स स्कुलको क्षेत्रमा तस्वीरहरु खिचिएको हो ।

प्रत्येक नारी देवीको रुप हुन्, जसरी आमाको सम्मान गरिन्छ, त्यसैगरी नारीको सम्मान गर्न सिकौँ भन्ने सन्देश स्टुडियोको रहेको संचालक पराजुलीले बताए ।

तस्बिर अभियान तस्बिरमै हेर्नुहोस्

प्रकाशित मिति : २०७७, १ आश्विन बिहीबार ००:००  ९ : १७ बजे