बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले निर्वाचन सम्पन्न भएलगत्तै वक्तव्य जारी गर्दै हिजो सम्पन्न निर्वाचनलाई मतदाताविहीन, अवैध र असंवैधानिक भन्दै खारेज गर्न माग गरेकी छिन् । सन् २०२४ को जनआन्दोलनबाट हसिना सरकार ढलेपछि बंगलादेशमा पहिलोपटक आम निर्वाचन भएको हो । हालै सम्पन्न निर्वाचनलाई छलपूर्ण संज्ञा दिँदै हसिनाले आफ्नो पार्टी—अवामी लिग र मतदाताहरूको अनुपस्थितिमा यो चुनाव गराइएको…